बुटवल ।
अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाडा बनाउँन झिर्रा आउँने क्रममा ओखारीको जङगलमा भालुले आक्रमण गरेको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।
प्रतिक्रिया