१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमिमा खेलकुदको महासंग्राम सुरु



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हरेक बर्ष हिउँदको समयमा गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता र मेयर कपको एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

नगरपालिकाको कार्यालय अगाडीको खेल मैदानमा मंगलबार नगर स्तरीय खेलकुदको महासंग्राम उद्घाटन गरिएको हो ।

जिल्लामा विशिष्ट रुपमा खेलकुद प्रतियोगीता गर्दै आएको बुद्धभूमिले यो बर्ष पनि निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।

विभिन्न विधामा हुने खेलमा नगरभित्रका सबै विद्यालयबाट प्रतिनिधित्व छ ।

खेल कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले खेलले सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने बताए । खेल मानव स्वास्थ्यका दृष्टिले उत्तिकै महत्वपूर्ण रहेको भन्दै स्थानीय तहले यसमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बुद्धभूमिले आयोजा गरेको खेलले राम्रा खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।

नगर प्रमुख केशवकुमार श्रेष्ठले हरेक बर्ष खेल क्षेत्रमा नगरपालिकाले लगानी गर्दै आएको बताए । खेलकुदको माध्यमबाट सिंगो नगरलाई राष्ट्रमै चिनाउने गरी आफूहरुले लगानी लगाएको मेयर श्रेष्ठले जनाए ।

खेलकुदका कार्यक्रम पुस २३ गतेसम्म चल्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लिल बहादुर रावतले बताए ।

खेलको उद्घाटनशस्त्रमा विभिन्न विद्यालयले झाँकीसहित आ आफ्नो विद्यालयको परिचय दिएका थिए ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ६ : ४४ बजे