७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

लोसपा लुम्बिनी प्रदेश दलको नेतामा पाण्डेय सर्वसम्मत



रूपन्देही ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामका अनुसार ८७ सदस्यीय प्रदेशसभामा लोसपाका ३ सांसद छन् । पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत हुन् ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन भएका छन् । 

सोहीअनुसार संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीन जना सांसद छन् । 

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  २ : ४९ बजे