८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश सरकारमा बढीमा ९ जना मन्त्री बनाउन विष्णु पन्थीको सुझाव



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बढीमा ९ सदस्यीय मन्त्रिमण्डल बनाउन सुझाव दिएका छन् ।

कपिलवस्तु १ को प्रदेश सभा ‘१’ बाट निर्वाचित नेकपा (एमाले) का सांसद पन्थीले प्रदेश सरकारमा न्यूनतम ७ देखि अधिकतम ९ सदस्यीय मन्त्रीमण्डल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सोमबार सामाजिक सन्जालमा स्टाटस लेख्दै सांसद पन्थीले यस्तो बताएका हुन् । पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमले धेरै दल सम्मिलित ठूलो आकारको प्रदेश सरकार बन्ने सम्भावना छ ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ८ : २६ बजे