८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अभिषेक र रजतलाई कारबाहीको लागि सिफारिस



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति कपिलवस्तुले कारबाही लागि कांग्रेस नेता अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह लगायतका नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ३ को बैठकले स्थानीय तथा संघीय निर्वाचनमा अन्तरघात गरेको भन्दै कारबाहीका लागि जिल्ला समिति र केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

कारबाहीका लागि सिफारिस भएका अभिषेक संघीय चुनावमा हारेका उम्मेदवार हुन् भने रजत बहालवाला नगर प्रमुख हुन् ।

क्षेत्रिय सभापति ब्रम्हानन्द उपाध्यायद्धारा जारी पत्रमा कृष्णनगर ५ का वडाध्यक्ष मो. जमिल खाँ, महाधिवेशन प्रतिनिधि किफायतुल्ला खाँ, विजयनगर गाउँपालिका ३ का इकाई सभापति अजय मिश्रा, २ की इकाई सभापति मथुरा यादव, मुक्तिनाथ पौडेललाई पनि साधारण सदस्य नरहे गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ७ : २२ बजे