बुटवल ।
बुटवल उपमहानगरपालिकामा रहेको के.वि डान्स स्टुडियोद्वारा स्कुल ट्यालेन्ट हन्टको सुरुवात गरि पहिलो अडिसन बुटवल १२ बेलबासको कुमारी रिसोर्टमा र अक्षर एकेडेमिमा के.वि डान्स स्टुडियोका प्रबन्ध निर्देशक बिक्रम परियार (बिक्की) र कार्यक्रम संचालक मोडल तथा कार्यक्रम संयोजक सुरज बि.केको संचालनमा सम्पन्न भएको छ।
बुटवल क्षेत्रमा मात्र नभई पाल्पा, गुल्मी, देवदह, नवलपरासी कपिलवस्तु र तिलोत्तमा लगायत विभिन्न ठाँउमा आफ्नो बेग्लै पहिचान बनाएको यस के.वि डान्स स्टुडियोले यस अघि पनि थुप्रै कार्यक्रमहरु गरि सफलता बटुलिसकेको छ।
कार्यक्रमलाई अझै राम्रो बनाउने प्रयास र बिजेतालाई प्रदान गरिने पुरस्कार र अवसरबारे जानकारी दिदै ग्रामीण क्षेत्रका बालबालिकाहरु आफ्ना प्रतिभा देखाउन बञ्चित भएको भन्दै यो कार्यक्रमलाई ग्रामीण क्षेत्रलाई केन्द्रित बनाइ अगाडि बढाउने कुरा स्कुल ट्यालेन्ट हन्टका अफिसियल कोरियोग्राफर योदिन खड्गीले बताउनु भयो।
तीन ओटै विदा नृत्य ,गायन, मोडलिङ लाई अङ्गालेर एउटा छुट्टै स्वाद र परिक्षणका साथ यो कार्यक्रमलाई पहिले अडिसन र त्यसपछि १५ दिने ट्रेनिङ्ग दिइ फिनाले गरि बिजेता बनाउने र बिजेतालाई म्युजिक भिडियो लगायत थुप्रै अवसर प्रदान गरिने कुराको जानकारी कार्यक्रमका डान्स कोरियोग्राफर तथा के. बि डान्स स्टुडियोका प्रबन्ध निर्देशक बिक्रम परियारले बताउनु भयो।
अडिसन कार्यक्रममा नयाँगाउँ उच्च मा.वि, अक्षर एकेडेमि, बुटवल एक्स आर्मी इङ्ग्लिस बोर्डिङ्ग स्कुल ,मणिमुकुन्द इङ्ग्लिस बोर्डिङ्ग स्कुल लगायतका विद्यालय बाट करिब १०० जना प्रतियोगी को उपस्थितिमा निर्णायक मोडल ,डान्सर कोरियोग्राफर तथा कलाकार अन्जु रसायली ,डान्स कोरियोग्राफर बिक्की, अफिसियल कोरियोग्राफर योदिन खडगी, मोडल सुधिर ठाकुरको निर्णयमा कुल ५३ जना अडिसनबाट छानिएको र दोश्रो अडिसन चाडै नै हुने जानकारी कार्यक्रम समिती मार्फत प्राप्त भएको छ।
प्रतिक्रिया