९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा यौनिकता शिक्षालाई प्रभावकारी बनाउन एक बिद्यालय एक नर्स कार्यक्रम माग



कपिलवस्तु ।

बृहत्तर यौनिकता तथा स्वास्थय शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कपिलवस्तुका बिद्यालयहरुमा एक बिद्यालय एक नर्स कार्यक्रम संचालनका लागि लुम्बिनी प्रदेश सरकारसंग माग गरिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुको आयोजना तथा युएनएफपिएको आर्थिक र प्राबिधिक सहयोग तथा सिद्धार्थ समाजिक विकास केन्द्रकोे अगुवाईमा बृहत्तर यौनिकता शिक्षा जिल्ला कार्यालयको बैठकमा सो माग गरिएको हो । समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले प्रदेश सरकार कै एक बिद्यालय एक नर्स कार्यक्रम अन्तर्गत जिल्लाका बिद्यालयमा समेत सो कार्यक्रम संचालन गर्न प्रदेश सरकारसंग माग गरिएको बताए ।

यो कार्यक्रमले बिद्यालयमा यौनिकता र स्वास्थ्य शिक्षा प्रभावकारी बन्ने उनले बताए । यस्तै ३ बिद्यालयमा रहेको यौनिकता शिक्षाको मोडल कार्यक्रम संचालन भएका अन्य नौ वटामा समेत थप गर्ने निर्णय गरिएको छ । यौनिकता शिक्षा कपिलवस्तुका ३ पालिकामा संचालन गरिएको छ । यस्तै जिल्लामा रहेको प्रत्येक बिद्यालयबाट कम्तीमा २ वटा शिक्षकलाई यस सम्बन्धी तालिम दिने र त्यसको श्रोत खोजी गर्ने समेत निर्णय गरिएको छ ।

सो अवसरमा कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले नगरपालिकामा रहेको बिद्यालयमा यौनिकता शिक्षा कार्यक्रमको जानकारी दिदै नगर भित्रका नौ सय जना बिद्यार्थीलाई यौनिकता शिक्षा बारे जानकारी गराइएको बताए ।

बैठकमा हाल सम्मका शिकाई उपलब्धी बारे अनुभव आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा युएनएफपिएका जिल्ला अधिकृत संजय शर्माले यौनिकता शिक्षालाई बिद्यालयमा प्रभावकारी ढंगबाट लैजानु पर्ने बताए । बैठकमा कपिलवस्तु र शिवराज नगरपालिका र सुद्धोदन गाउपालिका तथा बिद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक राम नारायण शाहले बताए ।

प्रकाशित मिति : २ पुस २०७९ शनिबार ००:००  ३ : ४६ बजे