काठमाडौं ।
खेतबारीमा हाल्नुपर्ने रासायनिक मल सरकारी गोदाममै थन्किएपछि अधिकांश किसानले मलविना नै हिउँदे बाली लगाएका छन् ।
मल वितरण गर्ने कोटा प्रणाली प्रभावकारी नहुँदा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका गोदाम यतिबेला रासायनिक मलले भरिभराउ छन् । तर, देशका सबैतिरका किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा युरिया, डीएपी, पोटाससहित ३५ हजार ४ सय ४९ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
साल्ट ट्रेडिङसँग ७ हजार ५ सय ३४ टन छ । यसबाहेक भारतबाट जीटुजी सम्झौतामा ल्याउन लागिएको ३० हजार मेट्रिक टन युरिया र ग्लोबल टेन्डरको मलसहित करीब ४५ हजार मेट्रिक टन युरिया आयातको पाइपलाइनमा छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया