७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सत्ता गठबन्धनको बैठक भोलि बस्दै



काठमाडौं ।

सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

चुनावमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रमा असन्तुष्टि समेत देखिएको छ । शनिबार मात्र माओवादीले सबै विकल्प खुला गर्ने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ७ : ०३ बजे