२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी



बाजुरा ।

बाजुरा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा (एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले शनिबार साँझ सार्वजनिक गरेको मत परिणाम अनुसार १० हजार ९७३ मत ल्याएर शाही विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विश्वकर्माले दश हजार ९८ मत पाउनुभएको छ । नेकपा (एमाले) का बलदेव रेग्मीले आठ हजार ६३२ मत ल्याउनुभएको छ ।

बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ७ : २६ बजे