काठमाडौं ।
प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणना १ करोड ४ लाख पुग्नै लागेको छ ।
हालसम्म १ करोड ३ लाख ९२ हजार ९३४ मतगणना हुँदा नेकपा एमाले २७ लाख ७९ हजार ७६ मतका साथ अग्रस्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २७ मत पाएको छ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले ४ लाख २० हजार ९३८ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ३६८ मत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ८३ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत पाएको छ ।
प्रतिक्रिया