६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन : मतदान



काठमाडौं ।
रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । 

‘सोमबार बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको छ’, उनले भने, ‘त्यसको तयारी आजैबाट सुरु भएको छ ।’ निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । 

मङ्सिर १० मा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन मतदानका लागि निवेदन दिएका थिए । त्यसपछि आयोगले स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मङ्सिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ११ : ५१ बजे