६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

समानुपातिकमा एमाले कांग्रेसभन्दा एकलाख बढी मतले अगाडि, अरू कसको कति ?



काठमाडौं ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले) ले पछ्याइरहेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र)छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।

प्रतिनिधसभा समानुपातिकतर्फ भने एमाले अगाडि छ । आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोस्रो स्थानको कांग्रेसभन्दा एमाले एक लाख तीनहजार ८१४ मतले अगाडि छ । एमालले २२ लाख ७३ हजार ७६५ मत पाएको छ । कांग्रेसले २१ लाख ६९ हजार ९५१ मत ल्याएको छ ।

तेस्रोमा रहेको माओवादी केन्द्रको ९ लाख ५१ हजार ७५ मत छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसको ९ लाख १५ हजार ७९ मत छ ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चार लाख ८३ हजार ५६७ मत छ । छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको दुईलाख ७३ हजार ८४५ मत छ ।

सातौँ स्थानमा रहेको नेकपा ९एकीकृत समाजवादी० पार्टीको दुईलाख १४ हजार १५७ मत ।

जनमत पार्टीले दुईलाख ९ हजार ३६९ मत ल्याएको छ । नागरिक उन्मुक्ति पार्टको एक लाख ९६ हजार ६६३ मत छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १५ हजार १७२ मत ल्याएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ७ : ५१ बजे