काठमाडौं ।
प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (माओवादी केन्द्र) ले जितको खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रका उमेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनले २७ हजार ५१७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उमेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर पाँच हजार ८३० छ ।
०६४ सालदेखि सो क्षेत्रबाट माओवादी केन्द्रका हरिबोल गजुरेल निर्वाचित हुँदै आएका थिए ।
प्रतिक्रिया