मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तु ३ मा नेकपा (एमाले) का उम्मेदवार मङ्गल प्रसाद गुप्ता अगाडी देखिएका छन् ।
मतगणनाका सुरुवाती चरणमा दोस्रो, तेस्रो देखिएका गुप्ता मंगलबार दिउँसो १२ बजेसम्मको नतिजामा अगाडी देखिएका हुन् ।
यश क्षेत्रमा १० हजार ८३४ मतगणना हुँदा ७४६ मत बदर भएको छ ।
एमालेका गुप्ताले २ हजार ८ सय २५ मत पाउँदा नेपाली काङ्ग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले २ हाज्र ७९२ मत पाएका छन् ।
यस्तो छ पछिल्लो मतपरिणाम
नेपाली कांग्रेस- अभिषेक प्रताप शाह २७९२
नेकपा एमाले -मंगल प्रसाद गुप्ता २८२५
राष्ट्रिय प्रजातन्त्र पार्टी -प्रकाश रजौरिया २३०४
जनता प्रगतिशिल पार्टी इश्वर दयाल मिश्रा १५८३
प्रतिक्रिया