मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु प्रदेश सभा १(१) मा एमालेका विष्णु पन्थीले अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका पन्थीले ११ सय ६७ मत प्राप्त गर्नुभएको छ भने उहालाई नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राम मिलन थारुले कडा टक्कर दिनुभएको छ ।
४ हजार १२ मत गणना हुँदा नागरिक उन्मुक्ती पार्टीका राम मिलन थारुले ११५२ मत प्राप्त गर्नुभएको छ । पन्थी र थारु बिचको मतान्तर १५ रहेको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरे तेस्रो स्थानमा हुनुहुन्छ उहाले १ हजार ४३ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया