११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अब हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने



काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्।
चितवन क्षेत्र नम्बर- २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

चितवन -२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ४५ बजे