७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तुमा सर्वदलीय प्रतिनिधिले चाहे आजै मतगणना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा आम चुनाव २०७९ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आगामी ५ बर्षे कार्यकालका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि आइतबार देशभर निर्वाचन भएको हो ।

जिल्लामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका तीन प्रतिनिधि सभाका लागि छुट्टा छुटटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कपिलवस्तु क्षेत्र नं. ३ को मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको त्यहाँका निर्वाचन अधिकृतका कर्यालयका प्रमुख प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

अहिले मतपेटिका संकलन हुँदै गरेको र मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर सहमति भए आजै देखि मतगणना सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

कपिलवस्तु क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत सूर्यनाथ प्रकाश अधिकारीले मतगणना सर्वदलिय र सर्वपक्षिय छलफल पश्चात हुने बताउनुभएको छ । रेडियो मायादेवीसंग संक्षिप्त कुराकानी गर्दै अधिकारीले मतपेटिका संकलनको काम भइरहेको र सकेसम्म आज राति देखि नै मतगणना सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

क्षेत्र नं. २ मा अनुमानित ६५ प्रतिशत मत खसेको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा मतगणना हुने उहाँले बताउनुभयो ।

यता क्षेत्र नं. १ को पनि मतपेटिका संकलनको काम भइरहेको छ । यहाँका मुख्य निर्वाचन अधिकृत शिव पराजुलीले उक्त जानकारी दिनुभएको हो । दिनभर शान्तिपूर्ण रुपमा मतदान भएको उहाँको भनाई छ । मतगणनाको व्यवस्थापकीय काम लगभग पूरा भएको र सर्वदलिय बैठक पश्चात मतगणनाबारे थप बताउन सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ७ : ०६ बजे