परासी ।
पश्चिम नवलपरासीमा १ सय ३ वर्षकी बृद्धाले मतदान गरेकी छन्।
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुरकी १०३ वर्षीया जेष्ठ सदस्य महिला फूलमती तामाङले प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत ज्ञानज्योती आधारभूत विद्यालय मतदान केन्द्र ‘ख’ बाट मतदान गरेकी हुन्। अहिलेसम्म जिल्लामा १७ प्रतिसत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान ११ बजे सम्ममा ४ हजार ५ सय जनाले मतदान गरेका छन् ।
प्रतिक्रिया