११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

यो निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजान्छ : विष्णु पौडेल



बुटवल ।

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजाने दाबी गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि पौडेलले यो निर्वाचनले मुलुकलाई समृद्धितर्फ लैजाने बताए ।

सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया जनाउँदै पौडेलले भने( विगतका तीता मिठा कुराहरुलाई बिर्साउँदै मुलुकलाई समृद्धितर्फको बाटोमा लैजान यो निर्वाचनले सघाउछ ।’ बिहान साढे १० बजे पौडेलले आफैले आफैलाई मतदान गरेका हुन । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ । यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए । रुपन्देही २ मा पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ११ : ०५ बजे