७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

गुल्मीको मालिका गाउँपालिकामा विवादका कारण मतदान स्थगित



गुल्मी ।
गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ को छापहिले माध्यमिक विद्यालयमा भइरहेको मतदान स्थगित भएको छ ।

बिहान मतदान सुरु भएको केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएको हो ।

मतदान स्थलमा केही समय नाराबाजी भएको थियो । अहिले विवाद समाधानका लागि छलफल भइरहेको जनाइएको छ। 

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ९ : ३३ बजे