मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य मतदानको मतदान प्रक्रिया सुरु भएको छ ।
विहान ७ बजेदेखि जिल्लामा मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लामा मतदानका लागि २ सय ३५ मतदान स्थालमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २४ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा बर्गीकरण गरी सुरक्षा ब्यवस्था मिलाइएको छ ।
निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन् । जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
३ लाख ६८ हजार २३२ मतदाता रहेको कपिलवस्तुमा तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेका छन् ।
प्रतिक्रिया