७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मतदाता परिचयपत्र छैन ? यी कागजात बोकेर जानुहोस्



काठमाडौं ।

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ ।

तर, निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएको तर मतदाता नामावलीमा नाम भएको व्यक्तिले परिचय खुल्ने अन्य सरकारी कागजात देखाएर मतदान गर्न सक्छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले तोकेबमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्र देखाएर पनि मतादन गर्न सकिन्छ ।

“मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचयपत्र लिएर जानुहोस् । यदि, मतदाता परिचयपत्र नभए आयोगले तोकेबमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै परिचयपत्र लिएर जानुहोस्,” उनले भने ।

अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भएरनभएको यकिन गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ६ : ३० बजे