काठमाण्डौ ।
चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्नेछ।
उच्च हिमाली एकरदुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पानी पर्ने तथा उच्च हिमपातको सम्भावना देखिएको छैन।
आज पनि प्रदेश एक, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली केही क्षेत्रमा मौसम सामान्य बदली रहेको छ । प्रदेश एक र गण्डकीका हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि मौसम यस्तै रहनेछ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ।
प्रतिक्रिया