बुटवल ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ बलेवामा स्थानीयले एक मदिरासहित गाडी नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत बलेवामा नम्बर स्पष्ट नभएको टाटाको पिकअप गाडी ८ कार्टुन वियरसहित नियन्त्रणमा लिइएको हो ।
स्थानीयको खबरपछि मदिरासहितको गाडी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रनौंरा मुर्गियाका प्रमुख जीवन लामिछानेले बताए ।
गाडी शुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले चलाएका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि गाडी छाडेर लोनिया भागेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य बनेका लोनियाले निर्वाचनमा मतदाता प्रभावित पार्न उमदिरा बाँड्न हिँडेको स्थानीयको आरोप छ ।
प्रतिक्रिया