११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बाँकेमा दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती



काठमाण्डौ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई ध्यानमा राखेर भारत तथा चीनसँगका सीमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो ।

सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । भारततर्फको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएका छन् ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको र त्यहाँ संयुक्त गस्ती थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

हिजो जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २ मंसिर २०७९ शुक्रबार ००:००  १२ : १२ बजे