११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

जनताको सेवक हुँ, जनताकै खुशीमा काम गरिरहेको हुन्छु : उम्मेदवार पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
संघर्ष र आन्दोलनले खारीएका कपिलवस्तुको निर्वाचन क्षेत्र न. १(१) प्रदेश सभा सदस्यका उमेदवार विष्णु पन्थी जनमत आउनेमा विश्वस्त हुनहुन्छ । आफ्नो क्षेत्रमा पर्ने सबै स्थानमा गई जनतासँग पुग्नु भएका पन्थी जनताले भोट दिनेमा ढुक्क हुनुहुन्छ ।

विगतको ५ वर्ष कपिलवस्तुको विकासमा समय विताएकाले आफु चुनाव जित्नेमा ढुक्क हुनुभएको छ । ५ वर्ष जनताको सेवा गरे र पुन आउने अवधी पनि जनताकै सेवामा खट्नेछुु पन्थीले भन्नुभयो ।

‘निर्वाचन प्रचार प्रसारको अन्तिम दिन विहिबार घरदैलोका क्रममा जनताको खुशीमा सधै काम गरिरहेको हुन्छ, त्यसैले जनताले विश्वास गरेका छन् पन्थीले भन्नुभयो ।’

पन्थी अप्ठ्यारो परिस्थिती होस वा सहज जहिले पनि निर्वाचन क्षेत्रमा जनताका समस्या तथा विकास निर्माणका काममा व्यस्त हुनुहुन्छ । २ वर्षको कोभिड काल जटिल अवस्थामा सकृयता देखाउनु भएका पन्थीले धेरैको मन जित्नुभएको थियो । कहिले किसानको खेतबारीमा त, कहिले नबिकेको तरकारी बिक्रिको प्रबन्ध मिलाएर जनताको साथमा रहनुभयो । कतिपय अवस्थामा अस्पतालमा डाक्टरहरुलाई आवस्यक स्वास्थ्य सामग्रीको ब्यवस्था मिलाएर किन नहोस् सधै कार्यक्षेत्रमै खटिरहनुभयो ।

पालिका, प्रहरी प्रशासन, विद्यालय, व्यवसायी देखि सर्वसाधारणसम्म स्वास्थ्य सामग्री वितरणमा पन्थीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । कोभिड संक्रमण भएर डर त्रासका कारण कोही पनि विरामी भेट्न नगएका बेला घरमै वा अस्पताल भेट्न पुगेको धेरैले स्मरण गरेको पन्थीले बताउनुभयो । कतिपय अवस्थामा हस्पिटलमा विरामी राख्ने ठाउँ नभएर फर्किनु पर्दा आवश्यक व्यवस्था मिलाउने काममा अगुवाई समेत गर्नुभएको थियो ।

संघर्ष, लगनशील र अध्ययन अनुसन्धानमा रुची राख्ने युवाको साथ पाएका उम्मेदवार पन्थी सानै उमेरमा निरङ्कुश पञ्चायत विरुद्धको आन्दोलनमा सकृय रहनु भएको थियो । पन्थी व्यवस्थापन संकायबाट एमबीए गरेका एक कुशल राजनीतिज्ञ तथा उर्जाशिल नेता हुनुहुन्छ । समग्र मुलुकको विकासमा योगदान दिनसक्ने पहिचान बनाएका प्रदेश सभा सदस्यका सक्षम उम्मेदवार हुनुहुन्छ ।

२०३६ सालबाट विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएका पन्थी सिर्जनशील र स्पष्ट बक्ता हुनुहुन्छ । विद्यार्थी राजनीतिमा सबै माँझ लोकप्रिय बनेर २०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्ष हुनुभयो । क्याम्पसमा राजनीतिबाट आफनो छवि निर्माण गर्नुभएका पन्थी २०४२ सालसम्म आइपुग्दा अनेरास्ववियु लुम्बिनी अंचल कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । पन्थी अंचल कमिटीको नेतृत्वदायी भूमिकाले २०४३ सालमा अनेरास्वियुको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभयो ।

लगत्तै २०४४ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफू अध्ययरत त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु उपसभापतिमा भारी मतले निर्वाचित भएर आफ्नो छवि उचो बनाउनु भएको थियो ।

देशकै सवैभन्दा ठुलो र पुरानो विद्यार्थी संगठन अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित उहाँ एघारौं राष्ट्रिय सम्मेलन सम्म आईपुग्दा केन्द्रिय कोषाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।विद्यार्थी राजनीतिकै क्रममा भएका आन्दोलनमा पटक–पटक प्रहरी हिरासत रहनु भएका पन्थी पञ्चायतको समयमा उहाँ माथि सांघातिक आक्रमण समेत भयो ।

विद्यार्थीकाल देखिनै आफनो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएका पन्थी नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय लेखा आयोग उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी राजनीतिकै समयमा २०३७ सालमा तत्कालिन नेकपा (मालेको) सदस्यता लिएका पन्थी २०४२ सालसम्म आउँदा पार्टीको विभिन्न ओहदामा बसेर काम गरेको उहाँसंग अनुभव छ । साथै राजनीतिक जिम्मेवारी र उच्च शिक्षा अध्ययनको शिलशिलामा रहेकै बखत २०४७ सालमा नेकपा (एमाले) पाल्पा जिल्ला कमिटी सदस्य, २०४९ सालमा काठमाण्डौं जिल्ला कमिटी सदस्य हुनु भएको थियो ।

२०५४ को स्थानीय निकायको निर्वाचनमा कपिलवस्तुको वाणगंगा गाविस वडा न. ६ राजपुरबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । निवर्तमान सार्वजनिक लेखा समितिको सभापति समेत रहनु भएका पन्थी कपिलवस्तुबासी जनताको काममा स्थानीय देखि केन्द्रसम्मका विकासे अड्डा, मन्त्रालय, संघ–संस्था, वित्तिय संस्था, परियोजना लगाएत राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पहुँच राख्दै काममा खट्दै आएको उहाँ बताउँनुहुन्छ । किसान, मजदुर, सुकुम्बासी, दलित, महिलाका सवालमा चासो दिएर सामाजिक सेवामा सदैव तदारुकता देखाउने उहाँमा केही गर्छु भन्ने सोच छ ।

कपिलवस्तु ९, १०,११ प्रदेश सभामा बाणगंगा नगरपालिका ११ वडा, मायादेवी गाउँपालिकाको वडा नं.३ गरी १५ वडा पर्दछन् । कपिलवस्तु–१ मा कुल मतदाता एक लाख ४१ हजार १३ रहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  ११ : ५१ बजे