जितपुर ।
नेकपा माओवादी केन्द्र बाणगंगा नगर कमिटी सदस्य लक्ष्मण भुसाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटी बाणगंगा ६ बैदौलीमा आज भएको एक कार्यक्रमका बिच नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटी वडा नं ६ का संयोजक तेजेन्द्र बहादुर पाण्डेले टिका खादा लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
बिगत लामो समय देखी नेकपा एमालेको संगठित सदस्य भई जनबर्गिय संगठन जन साँस्कृतिक मञ्च, अनेरास्ववियुमा रहेर काम गर्दे आएका भुसाल केही समय अघि माओवादी केन्द्रमा लागेका थिए । कार्यक्रममा बोल्दै भुसालले मेरो घर परिवारका सबै एमाले रहेको र म साथै उमेर देखी एमालेको सच्चा कार्यकर्ता भै काम गर्दे आएकोमा बिचमा बिविध कारणले माओवादी केन्द्रमा प्रवेश गरेको भए पनी पाटी प्रतिको मायाले गर्दा अव फेरी एमाले पार्टीमा नै रही कटिबद्ध भई काम गर्ने बताएका छन् ।
साथै उनले अब धेरै युवाहरुलाई एमाले पाटीमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य तेजेन्द्र बहादुर पाण्डेले लक्ष्मण भुसालले बिगतमा पाटीमा रहेर पुर्याएको योदानको कदर गर्दे आगामी दिनमा पनी अझ सशक्त रुपमा लाग्ने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै पाण्डेले हामी सबै पाटीका कार्यकर्ता एउटै घरको परिवार भएकाले कुनै पनी समस्या आएमा पाटीले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले बाणगंगा नगर कमिटी सचिवालय सदस्य सुकदेव थारु, बाणगंगा ६ आर्थिक समिति संयोजक बेद प्रकाश पौडेल,युवा परिचालन कमिटी अध्यक्ष रनबहादुर काउचा, सदस्य जिवन भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा बाणगंगा नगरपालिका वडा नं ६ का निर्वाचन परिचालन कमिटिका संयोजक तेजेन्द्र बहादुर पाण्डेको अध्यक्षता र नेकपा एमाले नगर कमिटी सदस्य प्रकाश भुसालको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया