७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मतदाताको रोजाईमा बलराम



मायादेवी अनलाइन, वाणगंगा ।
चुनाव प्रचार प्रसारको अन्तिम दिन उम्मेदवारहरु घरदैलो गर्दा आम मतदाताले प्रतिनिधि सभाका उम्मेद्वार वलराम अधिकारीलाई रोजाईमा पारेका छन् । जनतासँग सुख दुःखमा साथ दिने भन्दै आफुहरुले अधिकारीलाई जिताउने बताएका छन् । नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वारहरु मौन अवधीको अघिल्लो दिन मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासंग अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिईरहेका छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको भन्दै मतदाताका समस्या र आवश्यकता बुझ्दै एमाले उम्मेद्वारहरु टोलटोलमा पुगेका छन् । सोहि क्रममा वाणगंगा २, शुद्धोधन गाउँपालिकाका विभिन्न टोलमा घरदैलोमा मतदातासंग भेटघाट गरेका छन् ।

घरदैलोको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले विभिन्न पार्टी सरकारमा आउँदा भएका काम र एमाले नेतृत्वको सरकारले गरेका काम बिच तुलना गर्न मतदातालाई अनुरोध गर्नुभयो । उहाँले एमालेले जम्मा ३ बर्ष सरकार चलाएको र त्यस माथि पनि कोरोना महामारीका वावजुत धेरै विकास निर्माणका काम भएको बताउनुभयो ।

अधिकारीले विकास र समृद्धिको महशुस गराउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावि गर्नुभयो ।

तराई मधेश संगै मुलुकको समृद्धि र विकासको लागि छोटो अवधीमै एमालेको नेतृत्वको सरकारले महत्वपूर्ण राष्ट्रिय गौरवका योजनाहरु सफलतापूर्वक संचालन गरेको अधिकारीले बताएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  ५ : ४६ बजे