३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मधेशको विकासका लागि एमालेले जित्नुपर्ने : उम्मेदवार चौधरी



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले जनताको सेवक बनेर सदैव काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चौधरीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुर्य ध्वजावाहक चिन्हमा मतदान गरि एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै देशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।

उहाँले हिन्दु र मुस्लीम समुदाय बिचको विभेद र दुरी हटाई समावेशी समाजको निर्माण गर्नेमा आफ्नो विशेष भुमिका रहेको बताउनुभयो । विगतमा पनि शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकासका क्षेत्रहरुमा योगदान गर्नुभएका प्रदेश सांसदका उम्मेद्वार चौधरीले निर्वाचन पछि जनताको रक्षक भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

चौधरीले विगतमा कपिलवस्तुका सांसद कृषि मन्त्री हुंदा आफ्नो जिल्लाको कृषि क्षेत्रको एउटा पनि समस्या समाधान गर्न नसकेको दुःखदायी अवस्था सबै जनतालाई थाहा भएकोले त्यसको परिणाम गठबन्धनले राम्रोसंग व्यहोर्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा संयौ सडक, अस्पताल, विद्यालय, पुल शिलान्यास भएका तर गठबन्धन सरकारले ती योजना खारेज गरेकाले ती काम पुरा गर्न पनि देशमा एमालेको आवश्यकता रहेको बताउनुभयो ।

चौधरीले निर्वाचनमा मात्र नभई सदैव यस क्षेत्रका नागरिकको साथमा रहने बताउदै सुर्य चिन्हमा भोट हाली एक पटक जनताको सेवक भएर काम गर्ने जिम्मेवारी प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  १२ : ५० बजे