मायादेवी अनलाइन, बाणगंगा ।
पूर्व उपप्रधानमन्त्री एवं एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले कपिलवस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ ।
जिल्लाको जीतपुरमा बुधबार पत्रकार सम्मेलन गर्दै अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार कपिलवस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने गरी निर्णय भएको जानकारी दिइएको छ ।
अभियानका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक महेन्द्र अर्यालले कपिलवस्तुका प्रतिनिधि चक्रपाणी खनाल (बलदेव) वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए ।
‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट कपिलवस्तुका गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने निर्णय भएको छ, अर्यालले बताए ।
अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले देशको कार्यकारी प्रमुखको पदमा प्रत्यक्ष निर्वाचन प्रणालीको ब्यबस्था बर्तमान गठबन्धनले गर्ने भएकाले उक्त सम्मानका लागी पनि यस्तो निर्णय लिएको बताए ।
आफ्नो पार्टी चुनावमा सहभागी नभएपनि लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा गठबन्धनका बिषयमा समर्थन, सहयोग गर्ने निर्णय भएको उनले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा कपिलवस्तु–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेवले नेकपा एकता पार्टीले चलाएको नेकपा एकता अभियानले कपिलवस्तु सहित देशैभर थप उर्जा थप्दै कपिलवस्तुको जीत सुनिश्चित तर्फ उन्मुख गरेको प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।
प्रतिक्रिया