मायादेवी अनलाइन, बाणगंगा ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम प्रचारमा दलका उम्मेदवारहरु जुटेका छन् ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आज मध्यरात १२ बजेसम्म मात्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गर्न पाउने छन् ।
मतदाता भेटघाटलाई अन्तिम समयमा पुर्याएका उम्मेदवारहरुले विहीबार अन्तिम चुनावी सभा तथा घरदैलो गर्दै छन् ।
असोज २३ गते मनोनयन दर्ता गराए पछि सुरु भएको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
कपिलवस्तुका ३ प्रतिनिधि सभा र ६ प्रदेश सभाका उम्मेदवारहरु चुनावी दौडमा मैदानमा छन् । आसन्न चुनावमा मतदाताले कुन उम्मेदवारलाई छनौट गर्छन त्यो हेर्न मंसिर ४ कुर्नुपर्ने छ ।
जिल्लाका प्रतिनिधिसभा १ को २ र प्रतिनिधिसभा ३ को १ बाहेक अरु क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार छन् । नेकपा एमालेले एकल प्रतिस्पर्धामा उतारेको छ ।
ठूला, साना दल र स्वतन्त्र उम्मेदवार गरी जिल्लामा दजर्नौ उम्मेदवार छन् ।
प्रतिक्रिया