काठमाडौँ ।
भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने भनिएको उक्त सभास्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा सुमन श्रेष्ठ नाम गरेका एक व्यक्ति घाइते भएको डीएसपी शरदकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार उक्त स्थल पौवादुङ्मा गाउँपालिकामा पर्छ । कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल आउने कार्यक्रम तय भएको थियो ।
इन्सपेक्टर सिंहले भने,३ बजे हेलिकप्टर ल्यान्ड हुने भनिएको थियो, अहिलेसम्म आएको छैन । भोजपुरका डीएसपी शरदकुमार थापा नेतृत्वको टोली घटनास्थलमा रहेको छ । त्यहाँको स्थिति बुझेर अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ । बम कसले बिस्फोट गराएको भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया