११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

उम्मेदवार ललित गुरुङ भन्छन् : ४० बर्षको निष्ठाको राजनीति नै जितको आधार हो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जिल्ला क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार ललित गुरुङले आफु निर्वाचित भए पछि मतदाताको शिर उचो गर्ने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सयौको संख्यामा ¥याली पछि चारनम्बर चोकमा गरिएको कोण सभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार गुरुङले निर्वाचन जितेको अर्को दिनदेखि भोट खेर नगएको महशुस गराउन सुरु गर्ने दावी गर्नुभएको छ ।

उहाँले ४० बर्ष देखि ईमान र निष्ठाको राजनीति गरेकाले आफूबाट कहिल्लै धोका नहुने बताउनुभयो । आफूमा कुनै पनि प्रतिशोध, बेईमानी, दलालि प्रवृति नभएको भन्दै मतदातालाई विश्वस्त हुन आग्रह गर्दै नेपाली कांग्रेसको गठबन्धनलाई व्यक्तिगत स्वार्थका लागि मात्र भएको बताउनुभयो ।

मतदातालाई कुनै पश्चाताप बिना ठिक ठाउँमा ठिक मान्छेलाई चुनिएको महशुस गराउने गरि जनताको दुःख सुखमा सदैव साथमा रहने बताउनुभयो ।

निर्वाचन क्षेत्रका मतदाताहरुसंगको भेटमा स्वार्थका लागि गठबन्धन गरिएको भन्दै कांग्रेसका अधिकांश कार्यकर्र्ताले आफुलाइ नै समर्थन गरेको गुरुङले बताउनुभयो ।


त्यस्तै युवा नेता तिलक थापाले ईमान्दार र लोकप्रिय नेता कार्यकर्तालाई कांग्रेसले कारवाही गरेर ठूलो भुल गरेको बताउनुभयो । थापाले कांग्रेसले विगतमा पनि आफ्ना आधिकारीक उम्मेद्वारहरुलाई हराएको इतिहास जनताले नर्बिसेको भन्दै विधान विपरित गरेको कारवाहीको यो निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

त्यस्तै गुरुङको कोणसभामा सहभागी तौलिहवाका कुल्लु शर्माले स्वतन्त्र उम्मेद्वार गुरुङको प्रतिस्पर्धा एमालेसंग मात्र रहेको भन्दै गठबन्धन चौथो स्थानमा पुग्ने बताउनुभयो । उहाँले सत्ताको लागि मात्र गठबन्धन गरेको भन्दै गठबन्धनलाई जनताले पराजित गराउने बताउनुभयो । निर्वाचन क्षेत्रका पकडी, पचेहरा, निग्लिहवादेखि चार नम्बर जितपुर हुंदै पिपरासम्म ¥याली गरि कोणसभामा परिणत गरिएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९ बुधबार ००:००  ३ : १८ बजे