मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ र ९ मा नेकपा एमालेले वृहत ¥याली गरेको छ । नेकपा (एमाले) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, प्रतिनिधी सभाका समानुपातिक उम्मेद्वार जन्जिर प्रसाद चौधरी, क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थी, प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपाने लगायत पार्टीका सयौं नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थितीमा वृहत र्याली गरिएको हो ।
वडा नं. ७ र ९ का सम्पुर्ण टोलहरुमा पार्टीका उम्मेद्वार सहित गाडी, मोटरसाईकल सहित वृहत ¥याली गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले सुरुङमार्ग निर्माण, रेल सुचारु, पेट्रोलियम पाईपलाईनको विस्तार, मध्य पहाडी लोकमार्ग, हुलाकी सडक विस्तार, भुकम्प पुर्ननिर्माण, एक पालिका एक अस्पताल कार्यक्रमको सुरुवात, तुईन विस्थापन लगायतका महत्वपुर्ण कामहरु एमाले नेतृत्वको सरकारले गरेकाले बोलेका कुरा पुरा गर्ने बताउनुभएको हो ।
एमालेका उम्मेद्वारहरुले सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै आएको बताउदै ज्येष्ठ नागरिक भत्ता वृद्धि गरि ५ हजार पु¥याउने, वाल पोषण भत्ता, ज्येष्ठ नागरिक, गरिब, विपन्न, एकल र अपांगता भएका व्यक्तिलाई सहुलियत रुपमा स्वास्थ्य सेवा, घरबार विहिनलाई जनता आवास कार्यक्रम मार्फत बासको व्यवस्था गर्ने जस्ता काम एमालेको सरकारबाट मात्र सम्भव भएको बताउनुभयो ।
स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको निति अनुसार बार्षिक १५ सय स्यानीटरी प्याड खरिदका लागि बजेट दिने एमालेको घोषणा पत्रमा समावेश गरेको पनि बताउनुभयो । यी सबै कामहरु पुरा गर्नका लागि सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ । त्यस्तै आज मायादेवी गाउँपालिका वडा नं. ८ विजुवा चोकमा कोणसभा पनि गरिएको छ ।
प्रतिक्रिया