मायादेवी अनलाइन, वाणगंगा ।
पछिल्लो समय नेकपा (एमाले) मा पार्टी प्रवेश गर्नेको लहर लागेको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा नजिकिएसंगै मुलुकको समृद्धि र विकासको लागि एमाले रहेको भन्दै अन्य पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर लागेको हो ।
सोहि क्रममा एमाले नेता सोमनाथ अर्यालको पहलमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा अन्य पार्टी परित्याग गरि २५ जना एमालेमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका रहेका थिए । नवप्रवेशीहरुलाई एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थीले स्वागत गर्नुभएको थियो । स्वागत गर्दै उम्मेद्वार पन्थीले राष्ट्रबादी पार्टी एमाले रोजेकोमा धन्यवाद दिंदै मतको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा नं. ११ मा सोमनाथ अर्यालको पहलमा पार्टी प्रवेश गर्ने लर्को लागिरहेको छ ।
अब वडा नंं ११ मा एमाले पहिलो र मजबुद बन्ने नेता अर्यालले बताउनुभएको छ । यस अगाडि सोहि वडामा सोमनाथ अर्यालको पहलमा विभिन्न टोलका ५ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर लागेको छ ।
प्रतिक्रिया