मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार देवीराम अर्यालले उम्मेदवारी निस्कृय गराउँदै एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् । अर्यालले बिज्ञप्ती जारी गर्दै नेकपा एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेलाई समर्थन भएको घोषणा गरेका छन् ।
उनले एमालेका उम्मेदवार लामिछानेको स्वच्छ छवी भएको र सामाजिक सेवामा निरन्तर खटिएकोले आफ्नो क्षेत्रको विकास गर्न सक्षम युवा देखेर समर्थन गरेको बताए ।
अर्यालले नेपाली काँग्रेसका उम्मेदवार बिक्रम सिंह थापा प्रति इंगित गर्दै गुल्मी टुरीष्टले भन्दा स्थानीय उम्मेदवारले आफ्नो क्षेत्रका मर्का बुझ्ने दाबी गरे ।
अर्यालले आफ्ना समर्थकलाई एमालेको प्रचार गर्न र संघमा बृजेश कुमार गुप्तालाई र प्रदेशमा लामिछानेलाई सूर्य चिन्हमा मतदान गर्न समेत आग्रह गरेका छन् ।
अर्यालको समर्थनले एमाले थप बलियो भएको एमाले कपिलवस्तु जिल्ला सहसचिव सुशीला दर्लामीले बताइन् । बृजेश कुमार गुप्ताले मुख्य सडक कालोपत्रे, पुल निर्माण, विद्यालयमा आइटि ल्याव जडान जस्ता काम गरेको हुँदा जन लहर बढ्दै गएको दर्लामीले दाबी गरिन् ।
प्रतिक्रिया