कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गुप्ताले पछिल्लो ५ वर्षमा मुख्य सडक र पुल निर्माणमा जोड दिएको बताउनुभयो ।
उहाँले आफू जितेर गए पछि तौलिहवा बजार सडक, गोरुसिङे तौलिहवा, तौलिहवा खुनुवा सडक, तकिहवा शान्ती नगर सडक, बुड्ढी रनगाई मौवाबारी सडक, डुमरा महाराजगन्ज सडक, हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण योजनाका काम भएको बताउनुभयो ।
उहाँले हर्दौनास्थित बाणगंगा नदीमा समेत पुल निर्माणको लागि टेन्डर गरेको बताउनु भयो । २०७७ सालमा सूचना निकालेर टेन्डर भएको छ । डिपिआर र पुल निर्माण सहितको टेन्डर भएको र डिपिआरको काम सम्पन्न भएको बताउनुभयो । विपक्षीलाई हर्दैनामा पुलको टेन्डर भएको समेत थाहा नभएको बताउनु भयो ।
उहाँले गौरी र बसन्तपुर जोड्ने जमुवार खोलामा समेत पुलको टेन्डर भएको बताउनुभयो । त्यहा मात्र होइन मैले सत्ता गठवन्धनका उम्मेदवारको गृह नगरीमा रहेको मसुरेमा समेत पुल निर्माणको योजना पारेको बताउनु भयो । यशोधरामा ३ ओटा पुल, कपिलवस्तुका ३ खोलामा पुलका योजना ल्याएको बताउनुभयो ।
उहाँले काँग्रेस कार्यकर्ताले भने भन्दा धेरै परिवर्तन गरेको दावी गर्नुभयो । यशोधराको मर्यादपुरको सभामा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्म बहादुर लाल श्रीवास्तवले ग्रामीण कृषि सडकलाई मुख्य सडकमा जोड्ने सडकलाई प्राथमिकता दिने बताउनुभयो ।
हुलाकी राजमार्ग देखि दक्षिणी क्षेत्रका शिक्षाको अवस्था कमजोर भएको हुँदा सुधारका लागि योजना बनाउने बताउनुभयो । यशोधरा गाउँपालिकामा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना गर्ने एमालेको लक्ष्य राखेको श्रीवास्तवले दाबी गर्नु भयो ।
प्रतिक्रिया