मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ १ मा नेकपा एमालेबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार रहेका विष्णु पन्थीले सांसदको पहिलो कार्यकालको ९० प्रतिशत समय जनताको लागि खर्च गरेको दावी गरेका छन् ।
जेसिज कपिलवस्तुले चार नम्बरमा आयोजना गरेको ककस कार्यक्रममा आफ्नो भनाई राख्दै उम्मदवार पन्थीले २०७४ सालमा चुनाव जितेपछि आफ्नो अधिकांस समयको हिस्सा जनताको काममा नै खर्च गरिएको बताएका हुन् ।
सांसद भएर आफूले गरेको विकासको तथ्याङ्क सुनाउँदै पन्थीले त्यही काम र विश्वासको आधारमा अब पनि जनताले जिताउने दावी गरे ।
सांसद भएपछि आफूलाई आमन्त्रण गरेका लगभग सबै कार्यक्रममा गएको, जसले फोन गरे पनि सँधै उठाउने गरेको, समस्या या अरु कामले बोलाइएका कार्यक्रममा ठिक समयमा पुगेको पनि उनले दावी गरे ।
आफ्ना कार्यक्रम गनेरै बसेका पन्थीले अहिलेसम्म आउँछु भनेर नगएका कार्यक्रम जम्मा २ वटा कार्यक्रम रहेको र त्यहाँ चाहेर पनि पुग्न नसकेको सुनाए ।
प्रतिक्रिया