१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विकासका मुद्धा लिएर गठबन्धनका उम्मेदवार बलदेव र डोलकराम घरदैलोमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधिसभा १ को सत्ता गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेव र प्रदेश सभा ख का उम्मेदवार डोलकराम घिमिरेले घरदैलो अभियानलाई तिव्र पारेका छन् ।

नेकपा माओवादी केन्द्रका बलदेव र नेपाली कांग्रेसका घिमिरेले आसन्न मंसिर ४ गते हुन गइरहेको निर्वाचन केन्द्रित घरदैलो गरिरहेका हुन् ।

आफ्ना पार्टी कार्यकर्ता र समर्थकको साथमा भइरहेको घरदैलोमा उम्मेदवारहरुले विकासका एजेन्डालाई प्रमुख मुद्धा बनाएका छन् ।

केही दिन यता बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुको घरदैलोमा व्यस्त सत्ता गठबन्धनले शनिबार वडा नं. ९ भलवाडमा घरदैलो गरेको छ ।

घरदैलो पश्चात भएको कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार खनालले भलवाडमा रहेको सुकुम्बासीको समस्या आगामी बन्ने सरकारले दीर्घकालिन रुपमा समाधान गर्ने बताए । पटक-पटकका चुनावमा सुकुम्बासीका मुद्धा उठे पनि दीर्घकालिन समाधान हुन नसकेको भन्दै अब त्यसलाई समाधान गर्नेमा उनले जोड दिए ।

यस्तै भलवाडमा व्यवस्थित सिंचाई सुविधा, डोहोटेसम्म पक्की बाटो निर्माण, कोइली खोलामा पुल निर्माण, तटबन्धका समस्या समाधान गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रदेश सभाका उम्मेदवार घिमिरेले जनताका हरेक समस्या समाधानमा आफू लाग्नेमा जोड दिए । भलवाडको विकासमा आफ्नो पार्टी र गठबन्धनका सहयात्री दलहरुको प्रमुख भूमिका रहेको भन्दै आगामी दिनमा थप गुरुयोजना निर्माण गरी विकास गर्नेमा उनले जोड दिए । भलवाडमा पर्याप्त कृषियोग्य जमीन भएकाले सिंचाईको सुविधाका लागि आगामी दिनमा योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।

देशभर गठबन्धनको लहर चलेको भन्दै आगामी दिनमा बन्ने सरकार गठबन्धनको हुने बताए । गठबन्धनको सरकार बनेपछि गाउँ गाउँमा विकासको लहर आउने उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९ शनिबार ००:००  ६ : ५६ बजे