बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी)ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिलाई राजनितिक बेइमानीको संज्ञा दिएका छन ।
बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवललाई तोक्न सकिने बताएका थिए ।
शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै थापाले हरेक हिसाबले रुपन्देही जिल्ला राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारेको बताउँदै भोट कै लागि राजधानी सार्ने झुटको खेती गरेको बताए ।
‘समग्र रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला हो, यहाँ भौतिक संरचना समेत तयार छ, तर एमालेका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका कारणले पुर्वाधार नै नभएको राप्ती पु¥याईयो ।’ उनले भने, ‘बहुमत दिएर जिताएका मतदाताको अपमान गरेका नेताले अहिले फेरि राजधानीकै विषयमा अनर्गल प्रचार गरिरहेका छन्, यो कुरा जनताले बुझ्नुपर्छ ।’
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारको रुपमा रुपन्देही २ मा घर चुनाव चिन्हबाट थापा चुनावी मैदानमा छन् ।
यस्तै प्रदेशसभा २(१)मा नेपाली कांग्रेसका दीर्घबहादुर केसी(कुमार) रुख चिन्हबाट र प्रदेशसभा २(२)मा माओबादी केन्द्रका बामदेव क्षेत्री गोलाकार भित्रको हसिँया हथौडा चिन्ह लिएर चुनावी मैदानमा छन् ।
रुपन्देही क्षेत्र नं. २ का लोकतान्त्रिक-बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापाले नेकपा एमाले सरकारले लुम्बिनी प्रदेशलाई २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको टिप्पणी गरे ।
‘राजधानी दाङमा नै छ भनौं भने सबै मन्त्रालय यही बुटवलमा छ’ भन्छन, ‘राजधानी बुटवलमा छ भनौं भने बोर्ड दाङमा लगेर राखिएको छ ।’
राजधानीलाई अधकल्चो बनाएर आफ्नो खेल तमासा देखाउनेलाई अबको चुनावमा जनताले पराजित गरेर सजाय दिनु पर्ने उनले बताए ।
दैत्य चरित्र भएकालाई मंसिर ४ को चुनावमा पराजित गर्नुपर्ने थापाको भनाई छ । जनमतको अपमान गर्नेलाई जनताले सजाए दिने दिन आएको र अबको निर्वाचनमा ६ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन थापाले आग्रह गरे ।
यस्तै रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)ले बुटवलबाट राजधानी सार्नलाई जनताले जवाफ दिने दिन मंसिर ४ नजिकिँदै आएको बताए । कोणसभालाई सम्बोधन गर्दै केसीले एमालेका नेताहरुले के कारणले बुटवलबाट राप्तीको किनारमा राजधानी सारे भन्ने जनतालाई जवाफ दिनु पर्ने बताए । राप्तीको किनार राजधानी लागि बुटवल भन्दा कसरी उपयुक्त थियो केसी प्रश्न गर्दै भन्छन्, ‘के सुरक्षा, शिक्षा, स्वास्थ्य, पुर्वाधारको दृष्टिकोणले उपयुक्त थियो?’
प्रतिस्प्रर्धी एमाले नेता लिला गिरी प्रति ईगित गर्दै केसीले यहाँका जनतालाई झुक्काएर राप्तीको किनारमा राजधानी सार्नुको कारण बारे जनतालाई जवाफ दिन जोड दिए । जनतालाई झुक्याउने नेतालाई मंसिर ४ गतेको आम निर्वाचनमा पराजित गरेर सजाय दिन आग्रह गरे ।
निरन्तर घरदैलो
बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले आफ्नो घरदैलोलाई निरन्तरता दिईरहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा(सुर्यवंशी) तथा प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घबहादुर केसी(कुमार) र २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले घरदैलोलाई निरन्तरता दिएका हुन् ।
शनिबार तिलोत्तमा १ का बिभिन्न स्थान शारदा स्कुल, शान्तीनगर, शाईराम टोल, पर्वती चोक, बेलको रुख, सातघरे मगर टोल, बनबाटिका, फाएर लाईन, शान्तीचोक, पाउरोटी फ्याक्ट्री हुँदै बुद्धपथमा आएर कोणसभा गरि घरदैलो समापन गरिएको नेपाली कांग्रेस तिलोत्तमा १ सचिव मनोज टण्डनले जानकारी दिए ।
नेपाली कांग्रेस तिलोत्तमा १ सभापति जवानसिंह ठकुरीको नेतृत्वमा भएको घरदैलोमा स्थानीयहरुले नयाँ उम्मेद्वारलाई मतदान गर्ने बताएको सचिव टण्डनले बताए ।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादु थापा(सुर्यवंशी) र प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घ बहादुर केसी(कुमार)ले नेकपा एमालेबाट देश पार नलाग्ने बताउँदै देश र संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे । उम्मेद्वारहरुले नेकपा एमालेले जनतालाई प्रलोभवनमा पारि झुक्कयाउने कामहरु मात्रै गर्ने गरेको बताउँदै सत्यको पछि हिड्ने उम्मेद्वार(गठबन्धनका उम्मेद्वार)लाई बिजयी बनाउन आग्रह गरे ।
यस्तै प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा १२ का बिभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोमा मतदाताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बिहान क्षेत्रीले बिभिन्न धार्मिक संघ संस्थाका अगुवाहरुसंग भेटवार्ता गरेका छन् । ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालय, ज्योति चर्च गोलपार्कका अगुवाहरुसंग भेटगरी बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुलाई बजियी बनाउन आग्रह गरेका थिए । चर्चका अगुवाहरुले बिजयी भएपछि क्रिष्टमसको दिनमा सार्वजनिक बिदा दिन माग गरेका थिए भने बिश्व बिद्यालयका अगुवाहरुले बिजयी भएपछि निर्माणाधिन भवन सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।
बुद्धिजीवीसंग छलफल
रुपन्देही क्षत्र नं. २ सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशवबहादुर थापा सुर्यवंशीले बुद्धजीविहरुलाई मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गरेका छन्। उनले बदर मत रोक्दा मतदाताले दिएको मतको पनि कदर हुने र जति बदर मत घटाउन सकिन्छ त्यति आफूहरुलाई फाईदा हुने बताए । शनिबार बुटवलमा आयोजना गरिएको बुद्धिजीविहरुको भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसको लागि पनि बुद्धजीविहरुले मतदातालाई मतदाता शिक्षा दिन आग्रह गरे । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेद्वार थापाले यो निर्वाचन संविधान र व्यवस्था बचाउने वा समाप्त गर्ने विषयको जनमत संग्रह जस्तै रहेको बताए ।
संसदमा झण्डै दुई तिहाई नजिक रहेको एमाले अध्यक्ष केपि ओलीले आफ्नो घर झगडाको विषयलाई लिएर दुई दुई पटक संसद विघटन गरेको बताउँदै अब पनि एमालेले जिते संविधान र व्यवस्था समाप्त गर्ने आरोप लगाए ।
’बुटवलमा झुम्साको पानी ल्याउंछु भनेर विष्णु पौडेलले भोट माग्दाका बच्चाहरु अहिले तरुण भईसके, कति त युरोप अष्ट्रेलिया पुगिसके होलान् ।’ उनले भने,’पानी ल्याउनुको साटो अहिले पनि त्यही झुट्टा नारा लगाउँदै हुनुहुन्छ, यो ठूलो वैमानी हो ।’उनले यहाँको विकासको लागि सत्ता गठबन्धनसंग सहमति, सहकार्य र एकता गरिएको र यो गठबन्धनका उम्मेद्वारलाई जिताउन सबैलाई आग्रह गरे ।
त्यस्तै प्रदेस सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले यहाको विकास र समृद्धको लागि गठबन्धनका उम्मेद्वारले जित्नुपर्ने बताए । उनले अगाडिका चुनावमा जनता ढाटेका नेतालाई भुलेर पनि मत दिन नहुने भनाई राखे । कार्यक्रममा बुटवल ८ का वडा स्तरीय प्रचार समिति संयोजक मदन पौडेल गठबन्धनको स्थिति राम्रो रहेको र यो एकता कायम राखिराख्नु पर्ने बताए ।
रुपन्देही क्षेत्र नं. २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर केसी र (ख) बाट माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई उम्मेद्वार बनाएको छ ।
प्रतिक्रिया