काठमाडौं ।
काठमाडौं महानगरपालिका १५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका २ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।
बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया