बर्दिया ।
मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार मृत अवस्थामा पोथी पाटेबाघ फेला परेको छ । अन्दाजी ५-६ वर्ष उमेरको बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ ।
सहायक वन अधिकृत सन्तोष चौधरीले शुक्रबार राति बाघ आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको बताए । अनुसन्धान र पोस्टमार्टमका लागि राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधक टोली घटनास्थल आउन लागेको उनले जनाए । दिउँसो बाघको गतिविधि स्थानीयले थाहा पाएको जानकारी वनका कर्मचारीलाई दिएका थिए ।
गत वर्ष चैत १२ गते मधुवन—८ स्थित ग्रामीण महिला र बासपानी सामुदायिक वनमा आपसमा जुधेर बाघको मृत्यु भएको थियो ।
बर्दिया निकुञ्जसँग जोडिएको यस क्षेत्रमा बाघको बासस्थान बन्दै गएको छ । पछिल्लो गणनाअनुसार बर्दियामा १ सय २५ बाघ रहेको छ ।
प्रतिक्रिया