१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रचण्डले विगत स्मरण गर्दै भनेः सशक्त आन्दोलनले प्रतिक्रान्ति टर्‍यो



गोरखा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न २ दिनदेखि गोरखामा रहेका उनले शुक्रवार बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो ।

उनले नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  ३ : १३ बजे