अनिश बन्जाडे, जितपुर ।
कपिलवस्तुमा गत बर्षको तुलनामा यो बर्ष धानको उत्पादनमा बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका कार्यालय प्रमुख डा.रबिन्द्र नाथ चौबेले यो बर्ष जिल्लामा करिब ३ देखि ४ प्रतिशतले धानको उत्पादनमा बृद्धि हुने बताउनुभयो ।
चौबेले यसपटक बेमौसमी बर्षाको प्रभाबले किसानले समस्या झेल्नुपरे पनि धानको उत्पादन भने राम्रो भएको बताउनुभयो । जिल्लामा करिब ७० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमध्ये हालसम्म किसानले २५ प्रतिशत धान भित्राइसकेका छन् ।
अन्नको भण्डार मानिने जिल्लामा यसपटक धानको उत्पादन राम्रो भएको र किसानको मेहेनतले सार्थकता पाएको चौबेले बताउनुभयो । किसानले रोपेका बिभिन्न्न जातका धान मध्ये साबा मन्सुली, गोल्डेन, काला नमक, ६४४४ जातका उत्पादन राम्रो भएको चौबेले जानकारी दिनुभयो ।
यता जिल्लाका किसानले भने बेमौसमी बर्षाले प्रभाब नपारेको भए धानको उत्पादन अझ राम्रो हुने बताएका हुन् । कपिलवस्तुको बाणगंगा ७ बनगाईका कृषक पुनाराम खनालले पनि गत बर्षभन्दा यस बर्ष धानको उत्पादनमा बुद्धि
भएको बताउँदै यसले आफु लगाएत अन्य कृषकलाई पनि राहत मिलेको बताउनुभयो ।
प्रतिक्रिया