१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

भारतद्वारा इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य



काठमाडौं ।

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।

एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए ।

यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए ।ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १र१ विकेट लिए ।आज भारत र इंग्ल्यान्ड जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

यस खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९ बिहिबार ००:००  ३ : ५७ बजे