काठमाडौं ।
पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ ।
अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गर्यो ।पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले ।मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए ।न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।जेम्स निशमले अविजित १६ रन बनाए ।कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो । यसैबीच दोस्रो सेमिफाइनलमा बिहीवार भारत र इङ्ग्ल्यान्डबीच खेल्दै छन् । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।
प्रतिक्रिया