मायादेवी अनलाइन, वाणगंगा ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारले तिव्रता लिएको छ । कपिलवस्तुका राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् ।
यतिबेला धेरै उम्मेदवारलाई जनताका विचमा जादा जनआक्रोसको शिकार बन्ने अवस्था छ । तर एमालेका उम्मेदवार बलराम अघिकारी र विष्णु पन्थीलाई भने जहाँ गयो त्यही स्वागत हुने गरेको पाइएको छ ।
वाणगंगा नगरपालिका ११ को घरदैलोमा मतदाताको उत्साहजनक सहभागीता रहेको छ । निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल एमाले प्रवेश गरेपछि साविक हथौसामा एमालेप्रतिको जनलहर बढेको हो । माओवादी केन्द्रबाट निर्वाचित अर्याल स्थानीय तहमा जनता माँझ लोकप्रिय हुनुहुन्छ ।
मतदाताले एमालेका उम्मेदवारलाई घरदैलोमा स्वागत गर्दै समृद्ध नेपाल, सुखी नेपालीको जनआंकाक्षा अनुरुप घोषणा पत्र ल्याएको बताएका छन् । मुलुक भर अझ तराईका जिल्लामा एमाले प्रति आएको नयाँ जनलहर, सुशासन सहितको आर्थिक समृद्धिको संकल्प, जसपासंगको तालमेल, सधैभरी जनताका काममा कोभिड महामारी होस् वा अन्य समयमा हरेक टोल बस्तीमा पुगेका नेता नै उम्मेदवार बन्नु र यसपटक एमालेले नै जित्छ र मंसिर ४ ओली सरकारको नारा साकार हुन्छ भन्ने जन विश्वास रहनुले मतदाता उत्साहित भएको कारणले नेकपा एमालेका उमेद्वारहरुलाई गाउँ गाउँमा स्वागत हुने गरेको छ ।
स्थानीयका समस्या यसअघि जस्तै समाधान गर्नुपर्छ, चुनाव जितेपछि सधै फर्केर जनताको अवस्था वुझ्नु पर्छ भन्दै स्थानीय नागरिकहरुले उमेदवारलाई सुझाव दिएका छन् ।
घरदैलोमा पुगेका उमेदवारहरु वलराम अधिकारी र विष्णु पन्थिलाई यसरी स्थानीयले न्यानो मायाका साथ सुझाएका हुन । स्थानीय हुमा अधिकारी हाम्रो साथी एमाले प्यारो पाटी जनाउदै चुनाबमा हामी साथ दिन्छौ भन्दै ढुक्क साथ अघि बढ्न आग्रह गर्नु भयो ।
त्यस्तै वाणगंगा ११ का स्थानीय इन्दु पंगेनी, हुमा अधिकारीले युवा महिलाहरुलाई स्वदेशमै रोजगारी र उत्पादनमा जोड्ने बाताबरण हुनु पर्ने माग गर्नुभयो ।
त्यस्तै झगरु थारुले किसानहरु मल नपाएर निकै शास्ती भोग्नु परेको भन्दै किसानका समस्या समाधान गर्न हामी किसान एमालेको साथमा रहेको बताउनु भयो ।
गाउँ ठाउँको विकास, सडक निर्माण, सिंचाईको व्यवस्था मिलाउन स्थानीयले माग गरेका थिए । जनताका कुरा सुन्दै क्षेत्र नं १ प्रतिनिधि सभाका उमेदवार वलराम अधिकारी र प्रदेश सभाका उमेदवार विष्णु पन्थीले अुपरा योजना पुरा गर्न र कपिलवस्तुको समृद्धि र विकासको लागि पुन मतदान गर्न सबैमा अनुरोध गर्नु भएको नेकपा एमालेका नेता सोमनाथ अर्यालले बताउनुभयो ।
प्रतिक्रिया