१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

साफ यू-१५ लगातार तेस्रो जितको योजनामा नेपाल



काठमाडौं ।

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा भुटानको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जितको योजनामा हुनेछ । भुटान भने पहिलो जितको खोजीमा हुनेछ । यस्तै नेपाल भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ६ : ४७ बजे