१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

भूकम्प अपडेटः डोटीमा मृतकको संख्या ६ पुग्यो, दर्जन बढी घाइते



कैलाली ।

पश्चिम नेपालमा पुनस् ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ ।

बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।

एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज ९खप्तड बाबाको आश्रम० केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ६ : १३ बजे